स्थानीय तह पुनर्सरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाईने

स्थानीय तह पुनर्सरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाईने

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाणडै, माघ २७ ।

स्थानीय तह पुनर्सरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन दलहरु सहमत भएका छन् ।

सर्वदलीय सहमति विपरित भएका तथा प्रदेश नम्बर २ को स्थानीय तह पुनर्संरचना पुनर्विचार गर्न फेरि आयोगमा नै पठाउन दलहरुले सहमति गरेका हुन् ।

प्रतिवेदन अध्ययन गर्न स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदल र मूख्य दलका नेताहरुबीच आज भएको छलफलमा विवाद मिलाएर ल्याउन आयोगमै प्रतिवेदन फिर्ता पठाउने सहमति गरिएको हो ।

विपक्षी एमालेले सरकार आफैंले प्रतिवेदन हेरफेर गर्न नसक्ने र यो चुनाव नगर्ने खेल भन्दै आपत्ति जनाएको थियो । सिंहदवारमा भएको छलफलमा एमाले र राप्रपाका नेताहरुले सरकारी कार्यदलले स्थानीय तह पुनर्संरचना प्रतिवेदन सच्याउन नसक्ने बताएपछि यो विकल्प सुझाइएको हो ।

सरकारले भने कार्यादेश अनुसार आयोगबाट प्रतिवेदन आए नआएको अध्ययन गर्न मात्र कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन सकेपछि प्रतिवेदन फेरि आयोगमै पठाइने छ ।

जिल्लाबाट सर्वदलीय सहमति भएर आएको र आयोगकै टीओआर अनुसार स्थानीय तहमा छलफल नभएको हकमा पुनर्विचार गर्न फेरि आयोगमै पठाउने समझदारी भएको हो ।

बैठकमा चुनावको तयारीबारे कुराकानी भएपनि निष्कर्ष ननिस्केको नेताहरुले बताएका छन् । समितिको काम छिटो टुंग्याएर चुनावको मिति घोषणा गर्न एमाले नेताहरुको जोड थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ