आइजिपी विावदका कारण आजको मन्त्रीपरिषद बैठक स्थगित

आइजिपी विावदका कारण आजको मन्त्रीपरिषद बैठक स्थगित

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २७ माघ ।  

मन्त्री परिषदको आजको नियमित बैठक स्थगित भएको छ । आइजीपी नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवावीच विवाद चर्किएपछि बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

यही साता अवकाश पाउन लाग्नु भएका आइजीपी उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री दाहाल उभिनु भएपछि देउवा रुष्ट बन्नु भएको हो ।

प्रधानमन्त्रीले प्रहरी संगठनभित्र पार्टीले हस्तक्षेप गर्न नहुने र संगठनमा अहिलेसम्म रहेको चेन अफ कमाण्डलाई बिगार्न नहुने बताउनु भएपनि देउवाले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन दबाव दिएको स्रोतले बताएको छ ।

आज बिहानै बालुवाटार पुग्नु भएका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्थगित भएकोबारे मन्त्रीहरुलाई सूचना दिन निर्देशन दिनुभएको हो ।

देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द रहनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ