राज्यव्यवस्था समितिले आज थ्रेसहोल्डका विषयमा प्रधानमन्त्रीसँग छलफ गर्ने

राज्यव्यवस्था समितिले आज थ्रेसहोल्डका विषयमा प्रधानमन्त्रीसँग छलफ गर्ने

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २७ माघ । 

लामो समयको छलफलपछि पनि राजनितिक दल सम्बन्धी विधेयकमा सहमति जुटाउन नसकेको संसदको राज्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित समिति कार्यलयमा केहीबेरपछि सुरु हुने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि छलफलका लागि बोलाइएको छ ।

समितिले दलहरुबीचको मतभेद तथा साना दलको विरोधका कारण निर्वाचनका लागि आवश्यक पर्ने राजनितिक दलसम्बन्धी विधेयकमा अझै सहमति जुटाउन सकेको छैन ।

स्थानीय निर्वाचनका लागि चार वटा विधेयकमा सहमति जुटाएको समितिले साना दलको विरोधका कारण थ्रेसहोल्ड सम्बन्धी विधेयकलाई अन्तिम रुप दिन नसक्दा राजनितिक दलसम्बन्धी विधेयक अलपत्र परेको छ ।

यसअघि बसेको समितिको बैठकले थ्रेसहोल्ड लगायत विवादित विषयमा शिर्षस्थ नेतृत्वसँग छलफल गर्ने निर्णय गरेको थियो । आजको बैठकले उपसमितिको म्याद थपका विषयमा समेत निर्णय गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ