सिमरा गोल्डकपमा आज आर्मी र हिमालयन शेर्पा भिड्ने

सिमरा गोल्डकपमा आज आर्मी र हिमालयन शेर्पा भिड्ने

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २७ माघ ।  

बाराको सिमरामा जारी रुस्लान सिमरा गोल्डकपमा आज विभागिय टोली त्रिभूवन आर्मी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुदैछ ।

सिमरा रंगाशालामा अपरान्न ३ बजेपछि हुने दोस्रो सेमिफाइनल खेलमा आज दुवै टोली जीत हात पार्दै फाइनल पुग्ने दाउमा हुनेछ ।

आजको विजेता टोलीले प्रतियोगिताको उपाधिका लागि सिएमजी संकटा क्लबसँग फाइनल खेल खेल्नेछ । यसअघि हिजो भएको खेलमा विजय युथलाई पराजित गर्दै संकटा फाइनल पुगिसकेको छ ।

आगमी माघ २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले भने दुई लाख ५१ हजार नगद पुरस्कार हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी