नेपाल दृष्टिविहीन विश्वकप क्रिकेटमा भारतसँग पराजित

नेपाल दृष्टिविहीन विश्वकप क्रिकेटमा भारतसँग पराजित

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २६ माघ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल भारतसँग १५२ रनको भारी अन्तरले पराजित भएको छ ।

आन्द्रा प्रदेशस्थित मुलपाडु क्रिकेट मैदानमा भएको खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३७ रनमा समेटियो ।

नेपालका लागि रमेशबहादुर बानियाँले ३५ तथा सुनिल सुवेदी क्षेत्रीले १२ रन जोडे । त्यस्तै पदमबहादुर बडैलाले २८ रन बनाउँदा विक्रमबहादुर राना २५ रनमा अविजित रहे ।

भारतका जाफर इग्बलले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा एक विकेट गुमाएर २८९ रन बनायो ।

भारतका लागी ओपनरद्वय अजयकुमार रेडीले १०९ रन तथा दुर्गा राओले ५३ रन बनाए । त्यस्तै बैकटेश्वर राओले अविजित ८२ रनको योगदान दिए ।

जारी प्रतियोगितामा नेपालको यो सातौ हार हो । यसअघि नेपाल अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान, वेस्टइन्डिज, श्रीलङ्का र इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकालाई भने पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ ।

विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि न्युजिल्यान्डसँग सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी