पत्रकार महासंघ सुनसरीले जित्यो बुढासुब्बा प्रमोसन कप

पत्रकार महासंघ सुनसरीले जित्यो बुढासुब्बा प्रमोसन कप

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

धरान,२६ माघ । 
जिल्ला खेलकुद बिकास समितिलार्ई पन्छाउदै पत्रकार महासंघ सुनसरीले दोस्रो बुढासुब्बा प्रमोसन गोल्डकपको उपाधि जितेको छ ।
आज बुधबार भएको धरान १७ स्थित एन्फा टेक्नीकल सेन्टरमा भएको फाइनल खेलमा पत्रकार महासंघले जिल्ला खेलकुद बिकास समितिलाई १(० गोल अन्तरले हराएको हो ।
पत्रकारको जितमा धिरेन लिम्बुले बिकास राईको पासमा २५ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
उपाधि जितेसँगै पत्रकार महासंघले २५ हजार रुपैयाँ नगद र ट्रफी तथा मेडल हात पारेको छ भने सुनसरी खेलकुद बिकास समितिले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
पत्रकार महासंघका टीम क्यापटेन बिकास राई हानेको फ्रि किक लाई धिरेन लिम्बुले सदुपयोग गर्दै हेड मार्फत आकर्षक गोल गरेका थिए ।
गोल गर्ने थुप्रै अवसरहरु समितिले पाएको भए पनि सदुपयोग गर्न नसक्दा उसले हार व्यहोर्नु पर्यो ।
खेलको खेलको म्यान अफ द म्याच पत्रकारका धिरेन लिम्बु घोषित भएसंगै नगद ५ सय रुपैयाँ हात पाए ।
त्यस्तै, पत्रकारका भोजराज श्रेष्ठ सर्वाैत्कृष्ट खेलाडी घोषीत भएसंगै नगद १ हजार साथै टर्फी हात पारे ।
त्यस्तै पत्रकारकै तर्फबाट सुमन श्रेष्ठ हाइ स्कोरर बने संगै मेडल हात प्राप्त गरे ।
त्यस्तै, पत्रकारकै रत्न खड्का उत्कृष्ट डिफेन्स घोषित भए । उनले पनि मेडल पाए पत्रकार कै तर्फबाट अनिल भुजेल उत्कृष्ट गोलरक्षक घोषित भए । उनले पनि टर्फ हात पारे । त्यस्तै गरि उत्कृष्ट प्रशिक्षक पनि पत्रकारकै तर्फबाट रत्न अचार्य घोषित भएक थिए भने उनले पनि मेडल हात पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी