धाइजन ,२६ माघ ।
बाँसबारी युवा क्लव धाइजन ७, ८, ९ र मेचीनगर ३ द्धारा आयोजित प्रथम जिल्ला क्लव स्तरीय नक आउट फुटबल प्रतियोगिताको आज (बुधबार) सम्पन्न दोस्रो दिको खेलमा एपीएफ लखनपुर विजयी भएको छ ।
धाइजन ७ स्थित केबी खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत आजको खेलमा १—० गोल अन्तरले विर्ता युनाइटेड एफसीलाई पराजित गर्दै एपीएफले सेमीफाइनलको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफ बराबरी खेले पनि दोस्रो हाफको ११ औं मिनेटमा खेलको म्यान अफ द म्याच समेत घोषित एपीएफ जर्सी नम्बर १० का सुशील राईले वान भर्सेस वानमा पोष्टको दिशा देखाएका थिए ।
खेल सकिन ४ बाँकी रहँदा विर्ता युनाइटेड एफसीका जर्सी नम्बर ३ का विशाल गुरुङले रातो कार्ड पाएर मैदानबाट बाहिरीएका थिए ।
भोली(बिहीबार) को खेल काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धुलाबारी फुटबल ट्रेनिङबीच हुने आयोजक मूल समितिका महासचिव लीलन प्रसाईंले जानकारी दिए ।
उक्त प्रतियोगिताको विजयी टिमले नगदराशी ५१ हजार तथा उप विजेता टिमले ३१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।