भाषा तथा सम्पदामाथि भएको बाह्य आक्रमण रोक्न माग

भाषा तथा सम्पदामाथि भएको बाह्य आक्रमण रोक्न माग

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

भत्तपुर , २६ माघ ।
नेपाली भाषा तथा सम्पदामाथि भएको बाह््य आक्रमण रोक्नुपर्ने र तिनको मौलिकता जोगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

भाषा तथा सम्पदा संरक्षण परिषद्ले आज आयोजना गरेको अन्तक्र्रियामा भाषा तथा सम्पदा विज्ञ एवम् नागरिक अगुवाले नेपाली भाषमाथि भईरहेको आक्रमण रोक्नुपर्नेमा जोड दिएका हुन् ।

परिषद्का अध्यक्ष डा लक्ष्मीप्रसाद खतिवडाले बाहिरी दबाबमा देवनागरी लिपि परिवर्तन गर्न लागिएको बताउँदै यसले नेपाली भाषामा मात्र होइन, राष्ट्रियतामै चोट पुग्ने बताउनुभयो ।

उहाँले यस्तो अवस्थामा देवनागरिक लिपिलाई बचाएर नेपाली भाषा बचाउनुपर्ने र अन्तर्रा्ष्ट्रियस्तरमा हाम्रो मौलिकतालाई जोगाउन आइएसओ एकाइ गठन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद केदार सञ्जेलले भाषा तथा सम्पदामाथिको बाह्य अतिक्रमण गम्भीर भएको बताउँदै परिषद्को आवाजलाई राजनीतिक, कार्यपालिका र संसदीय तहमा पु¥याउन पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष रामेश्वर उपाध्याय, प्रगतिशील प्राध्यापक सङ्घका सभापति प्रा डा यादवप्रसाद लामिछाने, पूर्वसचिव रामेश्वर खनाल, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की परिषद्का महासचिव प्रा टेकबहादुर क्षेत्री, सदस्य सहप्राध्यापक मोहन पोखरेल लगायतले नेपाली भाषा, संस्कृति सङ्कटमा रहेकाले तिनको संरक्षणको लागि सरकारलाई घच्घच्याउनुपर्नेमा जोड दिनुभयो ।

परिषद्ले यसअघि पूर्व सांसद मञ्चका पदाधिकारी तथा सदस्यसँग छलफल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी