तत्काल चुनावको मिति घोषणा हुन्छ : उपप्रम महरा

तत्काल चुनावको मिति घोषणा हुन्छ : उपप्रम महरा

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

धादिङ, २६ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले तत्काल स्थानिय निकाय निर्वाचनको मिति तत्काल घोषणा गर्ने बताउनु भयो ।

धादिङबेँसीमा आयोजीत कार्यक्रममा बोल्दै उहाँले २०७४ माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री महराले निर्वाचन हुनेमा शङ्का नगर्न राजनीतिक दलहरुसँग आग्रह गर्दै सम्बन्धीत पक्षलाई तयारीमा लाग्न पनि आग्रह गर्नुभयो ।

महराले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि त्यस्तै भूमिका निर्वाह हुने अपेक्षा राखिएको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झालाई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र महासङ्घको संस्थागत विकासका लागि पु¥याएको योगदानबापत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

त्यस्तै क्षेत्रीय समितिबाटै उत्कृष्ट शाखाका रुपमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखालाई र २० वर्षभन्दा माथि लामो समयसम्म पत्रकारिता गर्दै आएका सत्यप्रकाश श्रेष्ठ र कृष्णराज परियारलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ