मोर्चासँग सहमति बनेपछि निर्वाचनको मिति घोषणा हुन्छ :प्रधानमन्त्री

मोर्चासँग सहमति बनेपछि निर्वाचनको मिति घोषणा हुन्छ :प्रधानमन्त्री

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

२६ माघ, चितवन।
प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताउनु भएको छ ।

प्रेस सेन्टर चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।

मन्त्रिपरिषदबाट निर्णय गरेर निर्वाचन आयोगलाई पत्र लेख्नु भनेकै निर्वाचनको मिति तोक्नु सरह भएको बताउदै प्रधानमन्त्री दाहालल मधेसी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु पर्ने भएकाले प्राविधिक रुपमा गते नभनिएको बताउनु भयो ।

सबै नेपाली जनताले बैशाख वा जेठमा निर्वाचन गर्ने सरकारको तयारीबारे जानकारी पाइसकेको दावी गर्दै उहाँले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नु भयो । साथै उहाँले निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह समेत गर्नु भयो ।

निर्वाचनको निम्ति आवश्यक पर्ने सबै ऐनहरु बनिसकेकाले अव निर्वाचन अघि बढाउन ऐनको समस्या नभएको उल्लेख गर्नु भयो । प्रधानमन्त्री दाहालले स्थानीय तहको कार्यदलको रिपोर्टलाई १५ दिन समय दिइएकाले दुई हप्ता सदन स्थगित गरिएको समेत जानकारी गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ