काठमाण्डौ ,२६ माघ ।
देवानी मुद्धा सम्बन्धि बिधेयकमाथि छलफल गर्न ब्यावस्थापिका संसद अन्तरगतको बिधायन समितिको बैठक आज बस्दै छ ।
सिंहदरवारमा बिहान ११ बजेपछि बस्ने बैठकमा देवानी मुद्धाको कार्यबिधि सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक सम्बन्धी उपसमितिको प्रतिबेदनमाथि छलफल हुनेछ ।
बैठकमा देवानी संहिता र कार्यबिधी संसोधन तथा कार्यबिधि संसोधन तथा परिमार्जन लगायत बिषयमा छलफल हुने समिति सभापति ग्रगा चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको बैठकमा कानुन आयोगका अध्यक्ष माधव पौडेल सहित अन्य कानुनविद्को उपस्थिती रहनेछ ।
समिति सदस्य रेवती रमण भण्डारीको संयोजकत्वमा बनेको उपसमितिको बैठकले लामो समयदेखि बहसमा रहेको देवानी संहिता र कार्यविधिका बिषयमा अध्ययन तथा छलफल पछि तयार पारेको प्रतिवेदन समितिमा आईसकेकाले आजको बैठकमा कानुनविद्हरुसँग तथ छलफल गर्न लागेको हो ।
आजको छलफलपछि केहि दिनभित्रै ठोस निर्णयका लागी पहल गर्ने सभापति चौधरीले बताउनु भयो । यसअघि समितिले महिलाअधिकारकर्मीलाई बोलाएर सो सम्बन्धमा सझाव संकलन समेत गरेको थियो ।
महिला अधिकारकर्मीहरुले देवानी संहितामा संसोधन गरि बिबाहको परिभाषमा पुरुष र महिलाको सम्बन्धलाई मात्रै नभएर समलिंगि सम्बन्धलाई पनि कानुनी मान्यता दिनुपर्ने , सम्बन्ध बिच्छेदको प्रावधानमा परिमार्जन , बिधवा महिलाले अर्को बिबाह गर्दा फिर्ता गर्नुपर्ने भन्ने प्रावधान हटाउनु पर्ने , बिबाह बदर हुने आधारमा बहु बिबाह र बाल बिबाह थप गर्नुपर्ने लगायत बिभिन्न १८ बुदे माग समितिलाई पेश गरेका थिए ।