प्रधानमन्त्री दाहाल आज चितवन जाँदै

प्रधानमन्त्री दाहाल आज चितवन जाँदै

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमान्डौ माघ २६।
राजनीतिक वातावरण निर्माण गर्दै स्थानी तह निर्वाचनको मिति घोषणा गर्नका लागि सहमति छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज चितवनमा आयोजना गरिएको विभिन्न कार्यक्रममा सहभागी हुदै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल आज विहान १० बजे त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँको नीजि सचिवालयले जनाएको छ । उहाँ आज दिन भर भरतपुर र आसपासका क्षेत्रमा आयोजना हुने विभिन्न कार्यत्रयममा सहभागी हुनु हुने बताइएको छ ।

विहान साढे १० बजे मंगलपुरको सहिद पार्कको उद्घाटन सँगै प्रधानमन्त्री दाहालले चितवनमा आयोजना हुने विभिन्न कार्यक्रमको सुरुवात गर्नु हुने छ ।

मध्यान्ह १२ बजे प्रधानमन्त्रीले भरतपुरको औद्योगिक प्रदर्शनी स्थलको शिलन्यास गर्नु हुने छ भने उहाँले अपरान्ह दुइ निर्माण व्यवसायी संघको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल चितवनको विभिन्न कार्यक्रममा सहभागी भएर आज साँझ नै काठमान्डौ फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ