काठमान्डौ माघ २६।
पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका तत्कालिन सभापति शुसिल कोइरालाको प्रथम स्मृति दिवसको अवसरका आज नेपाली कंग्रेस र उसका भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी कोइरालाको सम्झना गर्दै छन् ।
स्मृति दिवसको अवसरमा नेपाली कंग्रेसले ललितपुरको सानेपा स्थित पार्टी मुख्यालयमा विहान ९ विशेष कार्यक्रमको आयोजना गरेको छ ।
त्यस्तै शुशिल कोइरालाको फाउन्डेशनले पनि कोइरालाको सम्झनामा कार्यक्रमको आयोजना गरेको छ । कोइरालाले गणतन्त्र स्थापना पछि निर्माण भएको संविधान जारी गर्न नेतृत्व दायी भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपालको ३७ औं प्रधानमन्त्री समेत बन्नु भएका कोइरालको प्रधानमन्त्री भएकै बेला गणतन्त्र नेपालको पहिलो संविधान जारी भएको हो । करिब २० महिना मुलुकको कार्यकारी बन्नु भएको कोइराला युवा अवस्थामा भारतमा रहँदा देखि नै राजनीतिमा आवद्ध हुनुहुन्थ्यो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिद्धान्तमा अविचलित र अवीछिन्न रहनु भएका कोृइराला कंग्रेसको केन्द्रिय सदस्य, महामन्त्री, उपसभापति, कार्यवहाक सभापति हुदै १२ औ महाधिवेशन बाट सभापतिमा निर्वाचित हुनु भएको थियो ।
विस १९९५ मा विराटनगरमा जन्मिएका कोइरालाको २०७२ साल माघ २६ गते महाराजगन्ज स्थित आफ्नै निवासमा ७७ वर्षको उमेरमा निमोनियाका कारण उहाँको निधन भएको थियो ।