काठमान्डौ माघ २५।
बाराको सिमरामा जारी आठौ रुस्लान सिमरा गोल्डकप प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मीले विरगन्ज युनाइटेडको सामना गर्दै छ ।
यी दुइ टोली विचको खेल सिमरा रंगशालामा अपरान्ह तीन बजेबाट सुरु हुने छ । यस अघि हिजो भएको खेलमा हिमालयन शेर्पा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोा छ ।
हिमालयन शेर्पा क्लबले रुपन्देही ११ लाई १ –० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । हिमालयन शेर्पाका लागि खेलको ५२ औ मिनेटमा निसान लिम्बुले गरेको गोल नै निर्णायक बन्यो ।
प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमले सहभागीता जनाएको छन् । प्रतियोगिता आगामी माघ २९ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले दुई लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छ ।