एजेन्सी माघ २६ । एथलेटिको म्याड्रीडलाई समग्रमा ३–२ हराउदै बार्सिलोना कोपा डेल रे कपको फाईनलमा प्रवेश गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा वार्सिलोना ९ खेलाडीमा सीमित भएको थियो । उसका लागि ४३ औं मिनेटमा गोल लुईस स्वारेसले गोल गरेका थिए । त्यस पछि एथलेटिकोका गेमेईरोले ८३ मिनेटमा गोल फर्काएका थिए । एथलेटिकोलाई फष्ट लेगमा बार्सिलोनाले २—१ ले पराजीत गरेको थियो ।
वार्सिलोनाका २ र एथलेटिकोका एक खेलाडी दोहोरो पहेलो कार्डका कारण बाहिरीएका थिए । दोहोरो पहेलो कार्डका कारण स्वारेसले फाईनल गुमाउने भएका छन् । यस प्रतियोगीतामा लियोनल मेसीले सुन्दर फ्रिकिकमा गोल गर्न सकेनन् । उनले गरेको प्रहार बारमा लागेर फर्किएको थियो ।
अब बार्सिलोनाले फाईनलमा अलभास या सेल्टा भिगो मध्य एउटासगँ उपाधीका लागि खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline