नेपालमा जातीय राज्य वा जातका आधारमा राजनीतिक विवाद बढाउने काग्रेसको उदेश्य हैन : महत

नेपालमा जातीय राज्य वा जातका आधारमा राजनीतिक विवाद बढाउने काग्रेसको उदेश्य हैन : महत

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, २५ माघ ।
परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले तोकिएकै मितिमा स्थानीय तथा केन्द्रीय तहको निर्वाचन हुने दाबी गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति सङ्घ, काभ्रेपलाञ्चोकको दोस्रो जिल्ला अधिवेशनको आज धुलिखेलमा उद्घाटन गर्दै मन्त्री डा महतले चुनाव हुनेमा आशङ्का नगरी निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले नेपालमा द्वन्द्वको समाधान गरी संविधानसभाको निर्वाचन र नयाँ संविधान लेख्नेसम्मको इतिहासको महत्वपूर्ण क्षण र घटनाक्रमको नेतृत्व नेपाली काँग्रेसले नै गरेकाले अब संविधानको कार्यान्वयनका लागि पनि काँग्रेस समयमै निर्वाचन गराउने कामबाट नचुक्ने बताउनु भयो ।
मन्त्री डा महतले निर्वाचनको तयारीमा लाग्न नेपाली काँग्रेसका समग्र कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “यहाँ कतिपयले काँग्रेसलाई निर्वाचन नचाहिएको भनी गलत टिप्पणी पनि गर्ने गरेका छन् तर त्यसो होइन, यो संविधान निर्माणको नेतृत्व गरेको काँग्रेसले नै यसको कार्यान्वयनका लागि अगुवाइ गर्नेछ र त्यसका लागि संविधानमा व्यवस्था भएबमोजिमको समयमा निर्वाचन हुनु जरुरी छ ।”

मन्त्री डा महतले नेपालका विभिन्न जातजाति, भाषा र सम्प्रदायका नागरिकलाई देश निर्माणका अभियानमा सहभागी गराउन र नेपाली काँग्रेसको सङ्गठनमा पनि उनीहरुको उचित प्रतिनिधित्व बढाउनका लागि काँग्रेसले नै पहिलोपटक समावेशीतामा आधारित पार्टी विधानको व्यवस्था गरेको उहाँले स्मरण गर्नुभयो ।
तर यसको अर्थ नेपालमा जातीय राज्य वा जातका आधारमा राजनीतिक विवाद बढाउनका लागि नभएर राज्य व्यवस्थामा पनि देशका सबै वर्ग र क्षेत्रका नागरिकको सहभागिता होस् भनेर काँग्रेसले यो नीति लिएको उहाँको भनाइ थियो ।

उहाँले जातजाति, दलित समुदाय वा भूगोललगायतका विविध कारणले पछि परेका नागरिकलाई आरक्षणभन्दा पनि शिक्षा आर्जन गरी प्रतिस्पर्धाका आधारमा अघि बढ्न सक्नेगरी क्षमताको विकास गर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ