विद्युतीय निर्वाचन प्रणालीबारे प्रधानमन्त्रीले आज आयोग पदाधिकारीसँग जानकारी लिदै

विद्युतीय निर्वाचन प्रणालीबारे प्रधानमन्त्रीले आज आयोग पदाधिकारीसँग जानकारी लिदै

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ २५ माघ ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै हुनुहुन्छ । बिहान ११ बजेपछि निर्वाचन आयोगमा हुने छलफलमा विद्युतीय मतदान प्रणालीबारे छलफल हुने जनाएको छ ।

निर्वाचनका लागि तयारी थाल्न सरकारले आयोगलाई औपचारिक पत्रचार गरिसकेको अवस्थामा प्रधानमन्त्री दाहालले आज विद्युतीय निर्वाचन प्रणालीबारे आयोगका पदाधिकारीहरुसँग जानकारी लिन लाग्नु भएको हो ।

सो क्रममा आगामी निर्वाचनमा विद्युतीय निर्वाचन प्रणालीको प्रयोग कहाँ र कसरी गर्न सकिन्छ भन्नेबारे आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सहित सरकारका अन्य उच्च अधिकारीहरुलाई जानकारी गराउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारले जेठमा स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेका बेला सम्भव भएका स्थानमा विद्युतीय प्रणालीको प्रयोग गर्न सकिने विषयमा आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ