पार्टीलाई निर्वाचनको पक्षमा उभ्याउन हस्तक्षेप बढाउछौं : नेता गुरुङ

पार्टीलाई निर्वाचनको पक्षमा उभ्याउन हस्तक्षेप बढाउछौं : नेता गुरुङ

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौ २५ माघ । 

नेपाली कांग्रसका नेता धनराज गरुङले पार्टीलाई तत्काल निर्वाचनको लाईनमा उभ्याउन पार्टीभित्र हस्तक्षप बढाउने बताउनु भएकोछ । उहाले महामन्त्री शसंक कोइराको पछिल्लो अभिव्यक्ति त्यतिकै नआएको पनि बताउनु भयो ।

हिजो राजधानिमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री शसंक कोइरालाले कांग्रेस पहाडलाई टुक्राएर मधेसमा छेट्टै प्रदेश बनाउने पक्षमा नभएको बताउनु भएको थियो ।

रेडियो मिर्मिरेको बहसमुलक कार्यक्रम आजको सन्र्दभमा आज विहान बोल्दै नेता गुरुङ्ले जेठमा स्थानिय निर्वाचन हुन नसके संविधानलाई कार्यान्वयनमा लैजान गाह्रो हुने बताउदै पार्टी अब तत्कालै निर्वाचनको पक्षमा उभिने बताउनु भयो ।

उहाले पार्टीभित्र ठूलो पंक्ति निर्वाचनको पक्षमा रहेकाले केही नेताहरुलाई प्राप्त आदेशको आधारमा सम्पूर्ण पार्टी तथा देश बन्धक हुन नसक्ने तर्क गर्नुभयो ।

मधेसी मोर्चालाई सहमति नल्याइ तराईमा चुनाव सम्भव होलात भन्ने प्रश्नमा नेता गुरुङले चुनावको मिती घोषणा गरेर संसोधनको मुद्धालाई पनि संगै अगाडी बढाउनु पर्ने बताउनु भयो ।

संसदमा दर्ता भएको संविधान संसोधन प्रस्तावमा सिमाङकन बाहेक बाँकी ३ ओटा विषयमा तत्काल संसोधन अगाडी बढाउन सकिने नेता गुरुङको भनाई छ ।

संसदमा दर्ता भएको सिमाङ्कन सम्बन्धि प्रस्ताव संविधानको प्रतिकुल भएकाले त्यसमा तत्काल अगाडी बढ्न नसकिने बताउदै उहाले नेताहरुलाई सिमाङ्कनको अडानबाट पछाडी फर्कन बाध्य बनाउने दावी समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ