काठमाडौ २५ माघ ।
आगामी फागुन पहिलो साता एकता महाधिवेशनको तयारीमा रहेको राप्रपाको जिल्ला अधिवेशन आज हुदैछ । अधिवेशनले ७५ ओटै जिल्लामा कार्यसमिति चयन गर्ने जनाइएको छ ।
अधिवेशनका लागि सबै केन्द्रिय सदस्य जिल्ला पुगिसकेको पार्टी प्रवक्त ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो । निर्वाचित जिल्ला कार्यसमितिले केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरी पठाउनेछ ।
पार्टी विधान अनुसार केन्द्रीय महाधिवेशनमा सबै प्रतिनिधि जिल्ला वा क्षेत्रीय समितिबाट चुनिएर आउनु पर्ने प्रावधान छ । महाधिवेशनका लागि प्रत्येक जिल्ला वा क्षेत्रबाट ९–९ जना प्रतिनिधि छनोट गरिनेछ ।
पार्टी केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता पशुपति शमशेर रणा लगायतका नेताहरु आ आफ्नो क्षेत्रबाट प्रतिनिधिमा छनोट भइसकेका छन् ।
बाँकी प्रतिनिधि अधिवेशनबाट चुनेर पठाइने शर्माले बताउनु भयो । तत्कालिन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकिकरण भएपछि बनेको राप्रपाले आगामी फागुन ६ गर्ने एकता महाधिवेशन गर्ने तयारी गरेको छ ।