फागुण १ मा विप्लव माओवादीले ५० हजार जनता उतार्ने

फागुण १ मा विप्लव माओवादीले ५० हजार जनता उतार्ने

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

माघ २४ काठमाण्डौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टीको राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा राजधानीमा ५० हजार कार्यकर्ता जनता उतार्ने तयारी गरेको जनाएको छ ।
त्यसका लागि पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकले उपत्यका ब्युरोलाई बिशेष जिम्मेवारी दिएको छ भने बाहिरी जिल्लाहरुबाट पनि कार्यकर्ता र महाधिवेशन प्रतिनिधहरु आउने तयारी भएको केन्द्रीय सदस्य मोहन कार्की जीवन्तले जानकारी दिनु भयो ।
उद्घाटन काठमाण्डौंमा सकिए पछि प्रतिनिधि तथा पर्यवेक्षकहरु भने रोल्पाको थवागंमा बन्द सत्रका लागि प्रस्थान गर्ने छन् । बन्द सत्र फागुण ५ गतेबाट शुरु हुने छ ।
अहिलेको संसदीय व्यवस्थाले जनताको अन्तरविरोधको समाधान गर्नु नसक्ने भएकाले दलाल सत्ताको विरुद्ध सघर्ष गर्ने र एकीकृत जनक्रान्तिको माध्यमबाट देशभर जनतालाई आन्दोलनमा उतार्ने र राष्ट्रियता जनतन्त्र र जनजीवीकाको मुद्धा सवोधन हुन सक्ने उहाले बताउनु भयो ।
फागुण १ मा उपत्यकाको विभिन्न स्थानबाट र्याली सहित खुल्ला मञ्चमा आएर उद्घाटन गरिने उहाले बताउनु भयो ।
देशैभर राम्रो उत्साहका साथ साथीहरु लाग्नु भएको छ , पार्टीले अहिलेको अवस्थामा राम्रो नीति लिएर अघि बढीरहेको र जनताहरु विस्तारै आकर्षित र संगठित हुदै गएको कार्कीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ