झापामा पहिलोपटक रक क्लाइम्बिङ सुरु

झापामा पहिलोपटक रक क्लाइम्बिङ सुरु

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

धाइजन माघ २४  । ए.एस. फाउण्डेशन रिक्रिएशन ट्रेनिङ सेन्टर झापाद्धारा आयोजित रक क्लाम्बिङ आज(सोमबार)देखि धाइजनमा सुरु भएको छ ।
विद्यार्थीलाई लक्षीत गरी उनीहरुको शारीरिक, मानसिक, सम्वेगात्मक विकास संगै नेतृत्व विकास गर्ने मूल उद्धेश्यले सो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
दुई दिवशीय रक क्लाइम्बिङको पहिलो दिन धाइजनस्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको सिमसार तथा पर्यटकीय क्षेत्रमा एक जना शिक्षकसहित १९ जनाले भाग लिएका सेन्टरका सल्लाहकार मदनकुमार भण्डारीले जानकारी दिए ।
बिहान ८ देखि दिउँसो २ बजेसम्म सञ्चालित रक क्लाइम्बिङमा देउनियाँस्थित सेन्ट जेभियर्स स्कूलका स्काउट शिक्षक एलेक्स घिमिरेसहित ९ जना छात्रा र ९ जना छात्रले भाग लिएका आयोजक सेन्टरका प्रमुख एवँ सगरमाथा आरोही झापाका युवा अनिष लुईंटेलले बताए ।
सो विद्यालयका ९ देखि १६ वर्ष उमेर समूहका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई  रक क्लाइम्बिङ समापनपछि इन्टरनेशनल आउट डर स्ट्रक्टर लण्डन तथा द ड्युक अफ इडन वर्गस् इन्टरनेशनल अवार्डबाट गोल्ड अवार्ड होल्डर लुईंटेलले अन्र्तराष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरेका थिए ।
सहभागीहरुलाई सम्भावित दुर्घटनाबाट मुक्त राख्न क्लाइम्बिङ हेल्मेट, रोप, हार्नेस, जुमर, एटिसी गाइड, क्योरबिनर लगायत अत्याधुनिक प्रविधिद्धारा निर्मित विदेशबाट आयात गरिएका जोखिममुक्त सामग्रीको प्रयोग गरी रक क्लाइम्बिङ गराइएको थियो ।
रक क्लाइम्बिङमा भाग लिएकाहरुलाई क्लाम्बिङ स्थलमा प्रत्यक्ष रुपमा उपस्थित क्लाइम्बिङ स्ट्रक्टरहरु सोना ठकुरी, बिमला थापा, कल्पना पोखरेल, दीपा लोहार, अजय पासवान र जुगल भूजेलले सहजिकरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी