नुवाकोटलाई आर्थिक रुपमा समृद्ध जिल्ला बनाउन पहल गर्छु : परराष्ट्रमन्त्री

नुवाकोटलाई आर्थिक रुपमा समृद्ध जिल्ला बनाउन पहल गर्छु : परराष्ट्रमन्त्री

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २४ माघ ।  

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नुवाकोटलाई त्रिदेशीय मार्ग बनाउनुपर्नेमा जोड दिनुभएको छ । जिल्लाको बट्टारमा आज आयोजित ‘चौथो नुवाकोट महोत्सव’को समापन कार्यक्रममा बोल्दै मन्त्री महतले यस्तो बताउनु भएको हो ।

उहाँले नुवाकोटबाटै भारत–नेपाल–चीन जोडिने छोटो दूरीको रक्सौल – वीरगन्ज – गल्छी – विदुर – धुन्चे – रसुवागढी – केरुङ नाका पुगिने भएका कारण आर्थिक रुपले समृद्ध जिल्ला बनाउन आफूले पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

एक फरक प्रसङ्गमा उहाँले तीनै तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधन मधेस केन्द्रित दलले भने जस्तो नहुने भन्दै मन्त्री महतले सबैको आवश्यकता र मागलाई सम्बोधन हुने गरी सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कृषि विकास राज्यमन्त्री राधिका तामाङले महोत्सवले नुवाकोट हुंँदै नेपाल–चीन जोड्ने रसुवागढी नाकाबाट विकास, उत्पादन, कृषि, उद्योग लगायत सम्भावना उजागर गर्न मद्दत पुगेको बताउनुभयो ।

एघार दिनसम्म सञ्चालित महोत्सवमा रु चार करोडभन्दा बढीको कारोबार भएको र दुई लाखभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ