झापा गोल्डकपको उपाधि मनाङलाई

झापा गोल्डकपको उपाधि मनाङलाई

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २४ माघ ।  

झापाको विर्तामोडमा सम्पन्न दोस्रो रमपम झापा गोल्डकप फुटबलको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

विर्तामोडस्थित डोमालाल रंगाशालामा भएको फाइनल भिडान्तमा आयोजक झापा ११ लाई १–० ले पराजित गर्दै मनाङले उपाधि आफ्नो कब्जामा लिएको हो ।

खेलको ६३औं मिनेटमा नाइजेरियन खेलाडी ओलावालेले गरेको गोलको मदतमा मनाङले जीत दर्ता गर्यो । उपाधि जितेसँगै मनाङले सात लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।

दोस्रो स्थानमा रहन सफल उपविजेता झापाले साढे तीन लाख नगद पुरस्कार जितेको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका ८ सहित १० टोलीको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी