कांग्रेस महिला सशक्तीकरणका लागि प्रतिबद्ध छ : सिंह

कांग्रेस महिला सशक्तीकरणका लागि प्रतिबद्ध छ : सिंह

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ २४ माघ ।  

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला सशक्तीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको भन्दै सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान गर्नुभएको छ ।

दक्ष जनशक्ति विकास केन्द्रले आज राजधानीमा आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको उद्घाटन गर्दै उहाँले नारी शक्तिको उच्च सम्मान गर्दै उनीहरुलाई क्षमताअनुसार नेतृत्व दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

महिला वर्गलाई नेतृत्व तहमा पु¥याउन हरेक पुरुषले सहयोग गर्नुपर्ने नेता सिंहको भनाई थियो । कार्यक्रममा बोल्दै सांसद राज्यलक्ष्मी श्रेष्ठले अवसरको खोजीमा रहेका नारीलाई आफूले सघाउने सन्दर्भमा कुनै कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सांसद विकास कोषबाट प्राप्त रकम महिला नेतृत्व विकासमा खर्चेको जानकारी समेत गराउनु भयो । केन्द्रका अध्यक्ष विष्णुदेवी पुडासैनीले नारी र पुरुष बराबरीको भावनाका साथ नेतृत्व तहमा पु¥याउने कार्यमा हातेमालो गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ