पाँच नम्बर प्रदेश टुक्राउदा सामाजिक सद्भावना खल्बलिन्छ : कोइराला

पाँच नम्बर प्रदेश टुक्राउदा सामाजिक सद्भावना खल्बलिन्छ : कोइराला

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ २४ माघ ।  

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले निर्णय गरेअनुसार कुनैपनि हालतमा जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्नुपर्ने बताउनु भएको छ । उहाँले आमजनतालाई निर्वाचनमा होमिन आग्रह समेत गर्नुभएको छ ।

रफत सञ्चार क्लबले आज भक्तपूरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले पहिला स्थानीय निकायको निर्वाचन गरेर सरकारले २०७४ माघ ७ भित्र प्रदेश हुँदै प्रतिनिधिसभा समेतको तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्णरुपमा असफल हुने बताउनु भयो ।

काँग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट्याउँदै उहाँले काँग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर सङ्घीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको धारणा राख्नुभयो ।

उहाँले पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलिने भएकाले काँग्रेस पहाडलाई विभाजन गरेर संघिय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको स्पष्ट गर्नुभयो ।

विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन संशोधन गर्न नसकिने बताउँदै उहाँले मधेसी मोर्चालाई निर्वाचनमा गएर दुईतिहाई बहुमत पु¥याई संविधान संशोधन गर्न सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ