संविधान संशोधन सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

संविधान संशोधन सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौ २४ माघ ।  

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताउनु भएको छ । संविधान संशोधनपछि मात्रै निर्वाचन सम्भव रहेकाले संशोधन प्रस्ताव पारित गराउनु नै सरकारको पहिलो प्राथमिकता भएको प्राष्ट पार्नुभयो ।

महोत्तरी सदरमुकाम जलेश्वरमा आज सन्चारकमीसँगको कुराकानीमा गृहमन्त्री निधिले संविधान संशोधनपछि एकसाथ देशका सबै जनता र पार्टीलाई चुनावमा सहभागी हुने बाटो खुला हुनुका साथै आन्दोलनरत मधेसी मोर्चालगायतको मागसमेत सम्बोधन हुने भएकाले संविधान संशोधनपछि मात्रै चुनाव हुने ठोकुवा गर्नुभयो ।

गृहमन्त्री निधिले सरकार निर्वाचनको तयारीलाई पनि तीव्रता दिएको र आन्दोलनरत पक्षसहित विपक्षसँग पनि सहमतिको कुराकानी एकसाथ अघि बढाएकाले सहमति हुनेबित्तिकै चुनावको मिति पनि तोकिएर देश चुनावमा जाने निश्चित रहेको प्रष्टाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ