काठमाडौ २४ माघ ।
बाराको सिमरामा जारी सिमरा गोल्डकपमा आज हिमालयन शेर्पा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।
सिमरा रंगाशालामा अपरान्न ३ बजेपछि हुने खेलमा दुवै टोली जीत हात पार्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउने दाउका साथ मैदान उत्रदैछ ।
यसअघि हिजो भएको खेलमा सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै विजय युथ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा पनि दुवै टोली ३–३ को बराबरी खेलेपछि नतिजा सडन डेथबाट लिएको हो ।
यसअघि हेटौंडामा सम्पन्न सुमन बोम्जन स्मृति कपमा पनि विजयी युथले सरस्वतीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline