एजेन्सी माघ २३ । श्रीलका र दक्षिण अफ्रीकाबीचको क्रिकेट चलिरहेका बेला जोहनेसबर्गमा मोरीको ठूलो समुह मैदानमा आएर हमला गरे पछि खेलाडी सुतेर जोगिएका छन् । दुवै देशबीच तेस्रो वान डे चलिरहेको थियो । त्यसमा श्रीलकाले व्याटीगं गरीरहेको र २७ ओभर पुगेको बेल माहुरीको हुल मैदानमा आएको थियो ।
मौरी हटाउन फायर ब्रिगेड प्रयोग गरेर धुवा निकालिए पनि नहटे पछि मौरी पालक बोलाईयो । उनले ती सबै मौरीलाई बाकसमा हालेर लगे ।

मौरीको आतकपछि श्रीलकाली खेलाडी १ सय ६३ रनको झिनो स्कोरमा अलआउट हुदा दक्षिण अफ्रीका ३२ ओभरमा ७ विकेटले जीत हात पार्न सफल भयो । ६५ मिनट सम्म मौरी भुनभुनाए पछि खेल स्थगित गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

