देउवा मोर्चा छलफल निष्कर्षबिहिन

देउवा मोर्चा छलफल निष्कर्षबिहिन

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ २३ माघ ।  

जारी राजनितिक गतिरोध समाधानको प्रयासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी मोर्चाका नेताहरुसँग आज गर्नुभएके छलफल बिना निष्कर्ष सकिएको छ ।

बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा संविधान संशोधन प्रस्ताव परिमार्जन र प्रस्ताव पारित गराउन आवश्यक दुई तिहाई मतबारे छलफल भएपनि कुनै ठोस सहमति भने जुट्न सकेन ।

यद्यपि बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सहमतिमै पारित गराउने विषयमा दुबै पक्ष सकारात्मक देखिएको मोर्चाका नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो ।

संसदमा टेबुल भएको संशोधन प्रस्तावलाई अब छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको र प्रस्ताव पारित गराउनका लागि मोर्चा लागिपर्ने यादवले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ