काठमाडौ २३ माघ ।
सरस्वती युथ क्लबलाई पराजित गर्दै विजय युथ क्लब बारामा जारी सिमरा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज दिउँसो सिमरा रंगाशालामा भएको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
निर्धार्रित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि टाइब्रेकरमा सरस्वतीलाई पराजित गर्दै विजयी युथ क्लबले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो ।
प्रतियोगिता अन्तरगत भोली हिमालयन शेर्पा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline