संशोधन प्रस्ताव पारित नगरी चुनाव गराउन खोजे त्यो दिवा सपना मात्र हुनेछ : ठाकुर

संशोधन प्रस्ताव पारित नगरी चुनाव गराउन खोजे त्यो दिवा सपना मात्र हुनेछ : ठाकुर

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौ २३ माघ ।  

मधेसी मोर्चा आवद्ध दल तमलोपाका अध्यक्ष महन्थ ठाकुरले चुनाव विरोधी नभएको तर व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि चुनाव नहुने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले कांग्रेस माओवादी गठबन्धनको सरकारले संशोधन प्रस्ताव पारित गराउनै पर्ने धारणा राख्नुभयो । सरकारले संशोधन प्रस्ताव पारित नगरी चुनाव गराउन खोजे त्यो दिवा सपनामात्र हुने ठाकुरको भनाई छ ।

संविधान संशोधन प्रस्ताव पारित नभएसम्म स्थानीय निकायको चुनाव नहुने भन्दै उहाँले पहिले संशोधन प्रस्तावलाई सदनबाट पारित गराउने प्रक्रिया तर्फ सरकार लाग्न सुझाव समेत दिनुभयो ।

मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुलेजस्तै आफूहरु पनि सँगै लड्दै आएको उल्लेख गर्दै ठाकुरले भने समस्याको समाधान नगरी गरिने कुनैपनि चुनावले देशलाई निकास नसक्ने भएकाले पहिला समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ठाकुरले संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै सरकारले बलपुर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल परिस्थिति उत्पन्न हुने बताउनु भयो ।

यस्तै हालै सरकारले सिके राउतलाई गरेको गिरफ्तारीको बारेमा प्रतिक्रिया दिदै ठाकुरले राउतलाई गिरफ्तारी वा हत्या गरेर समस्या समाधान नहुने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ