विभिन्न बहाना देखाएर सरकार निर्वाचनबाट पछाडी हटे काँग्रेसलाई मान्य हुदैन : सिंह

विभिन्न बहाना देखाएर सरकार निर्वाचनबाट पछाडी हटे काँग्रेसलाई मान्य हुदैन : सिंह

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २३ माघ ।  

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्वाचन गर्न आलटाल गरिरहेको आरोप लगाउनु भएको छ । निर्वाचन गर्ने प्रतिवद्धताका साथ सरकार गठन भएको भएपनि अहिले सरकार निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेको उहाँले बताउनु भयो ।

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका– ५ ले आयोजना गरेको सात दिने नेतृत्व विकास तालिमका सहभागीलाई आज प्रमाणपत्र वितरण गर्दै उहाँले सरकार चुनाव नगर्ने बहाना खोजिरहेको हो की भन्ने आशङ्का बढेको बताउनु भयो ।

सरकार विभिन्न बहाना देखाएर निर्वाचनबाट पछाडी हटे त्यो काँग्रेसलाई मान्य नहुने उहाँको भनाई छ । संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति, प्रधानमन्त्री, सभामुख चयन भएजस्तै यही व्यवस्थालाई आधार मानेर भएपनि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा नेता सिंहको जोड थियो ।

उहााले नेपाली जनताको लामो समयदेखिको त्याग र तपस्याबाट संविधान निर्माण भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि तत्काल निर्वाचन गरी मुलुकलाई आर्थिक विकासतर्फ डो¥याउनुपर्ने धारणा राख्नुभयो ।

नेता सिंहले ढिलोचाँडो निर्वाचन हुने भन्दै निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ