देउवाले आज मोर्चाका नेताहरुसँग छलफल गर्दै

देउवाले आज मोर्चाका नेताहरुसँग छलफल गर्दै

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौ २३ माघ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । पहिले संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाउनु भएको हो ।

बूढानीलकण्ठस्थित देउवा निवासमा अपरान्न ३ बजेपछि हुने छलफलमा देउवाले जारी राजनितिक गतिरोध अन्त्य गर्ने विषयमा कुराकानी हुने जनाइएको छ । संविधान संशोधनपछि मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने मोर्चाको अडान छ ।

मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभई जबरजस्ती निर्वाचनमा गए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी समेत दिएको छ ।

उता प्रमुख प्रतिपक्षी नेकपा एमाले भने संविधान संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानु पर्ने बताउदै आएको छ । मोर्चाका नेताहरुसँग यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गर्नुभएको थियो ।

निर्वाचन सम्बन्धी विधेयकहरु संसदबाट पारित भइसकेको तथा निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न सरकारले निर्देशन दिएपनि मोर्चाको असहमतिका कारण निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ