दृष्टिविहीन विश्वकपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

दृष्टिविहीन विश्वकपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, माघ २३ ।
भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले श्रीलंकाको सामना गर्दै छ । प्रतियोगिता अन्तर्गत नेपालको यो छैठौ खेल हो ।

यसअघिका पाँच खेलमध्ये नेपाल एक खेलमा विजयी भएको छ भने चार खेलमा हारको सामना गरेको छ । नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र वेष्ट इंडीजसँग पराजय भोगेको हो ।

हिजोको खेलमा नेपाल वेष्ट इन्डिजसंग ४३ रनले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ्ग गरेको वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा दुई सय ८ रन बनाएको थियो ।

जवाफमा नेपालले ३ विकेटको क्षतिमा एक सय ६५ रनमात्र बनाउन सक्यो । १० टोली सहभागी प्रतियोगिताको लिग चरणमा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी