संसदमा आज विभिन्न मन्त्रालयगत विधेयकहरु पेश हुने

संसदमा आज विभिन्न मन्त्रालयगत विधेयकहरु पेश हुने

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २३ माघ । 

व्यवस्थापिका संसदको बैठकमा आज विभिन्न मन्त्रालयगत विधेयकहरु प्रस्तुत हुदैछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयगत विधेयकहरु दफाबार छलफलका लागि पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बोनस पाँचौ संशोधन विधेयक र संघिय आकस्मिक कोष विधेयक दफाबार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने तयारी भएको छ ।

त्यस्तै वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले समितिको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने कार्यसुची रहेको छ भने विकास समितिका सभापति रविन्द्र अधिकारीले विकास समितिको अनुगमन एवम् मुल्यांकन प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको संचिवालयले जनाएको छ ।

विकास समितिको प्रतिवेदनमाथि उठेका प्रश्नको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र सुचना तथा सन्चारमन्त्री सुरेन्द्र कार्कीले जवाफ दिने कार्यसुची रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ