प्रिमियर लिगमा टोटनह्याम विजयी

प्रिमियर लिगमा टोटनह्याम विजयी

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी, माघ २३।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले मिडिल्स बर्गलाई १–० ले हराएको हो ।

ह्यारी केनको गोलबाट जित निकाल्दै टोटनह्यामले चेल्सीसँगको दूरी ९ अंकबाट बढ्न दिएको छैन । टोटनह्यामको जितमा ५८ औं मिनेटमा पाएको पेनाल्टीमा केनले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै गएराति भएका अन्य खेलमा सन्डरल्याण्डले क्रिष्टल प्यालेसलाई ४–०, वेष्ट ह्यामले साउथह्यामप्टनलाई ३–१, वेष्ट ब्रोमले स्टोक सिटीलाई १–० तथा वाट्फोर्डले बर्नलीलाई २–१ ले हराएको छ ।

जितपछि टोटनह्यामको २४ खेलबाट ५० अंक भएको छ । शीर्ष स्थानको चेल्सीको समान २४ खेलबाट ५९ अंक भएको छ । चेल्सीसँग हारेको आर्सनल ४७ अंकसहित तेस्रो स्थानमा छ । लिभरपुल ४६ अंकसहित चौथो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी