तिन दिने बिमस्टेक बैठक आजदेखि राजधानीमा हुदै

तिन दिने बिमस्टेक बैठक आजदेखि राजधानीमा हुदै

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, माघ २३।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) बैठक आजदेखि राजधानीमा सुरु हुदै छ । प्राविधीक तथा आर्थिक विकासका लागि गठित बिमस्टेकको अध्यक्ष राष्ट्रका हैसियतले नेपालले तिन दिने विमस्टेक बैठकको आयोजना गरेको हो ।

बिम्स्टेक सदस्य राष्ट्रहरु नेपाल, बङ्गलादेश, भारत, भुटान, म्यानमार, थाइल्याण्ड र श्रीलङ्काका प्रतिनीधिहरु बैठकमा सहभागी हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारी सहित सदस्य मुलुकबाट १० जनाभन्दा बढी प्रतिनीधि सहभागी हुने छन् ।

आजको बैठक विमस्टेकको स्थायी सचिवालयको गठनका विषयमा केन्द्रित हुने बताइएको छ । यस्तै भोली सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र पर्सि मंङगलबार सदस्य देशका विदेश मन्त्रालयका सचिवहरुको बैठक बस्ने छ ।

आज र भोलीको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गर्नु हुने छ भने पर्सि मङगलबारको बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा यस क्षेत्रको आर्थिक विकासका साथै प्रविधीको साझेदारीका लागि छलफल हुने बताइएको छ । आज र भोलीको बैठकले पर्सिका लागि हुने विदेश सचिवस्तरीय बैठकका लागि एजेन्डा तय गर्ने छ ।

यस्तै बैठकमा बिमस्टेकका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिने हुनेछ भने सचिवस्तरीय बैठकमा बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि योजना तथा मिति तय गर्ने सम्भावना रहेको बताइएको छ ।

बैठकमा बिम्स्टेकको सचिवालयसँग सम्बन्धित वित्तीय तथा प्रशासनिक विषयका साथै बिम्स्टेक संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनको समीक्षा, कार्यान्वयनको स्थित र भावी कार्ययोजनाबारे छलफल हुने जनाएको छ ।

बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ