नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद अनिता परियारले सुनसरी धरानका बिभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।
परियारले धरान धरान १६ सखुवागाछी स्थित रहेको झोलुङे पुलको शिलन्यास गर्नुका साथै धरान २४ स्थित कार्की छापमा रहेको पार्किङ हाउस, धरान ११ मा रहेको सिर्जनशिल बहुउदेश्य कृषि समुह तथा धरान १५ स्थित रहेको सहिद आवसिय स्मृति भवनको समेत अवलोकन गर्नुभएको छ ।
नेपाल सरकारको ९७ लाखको लागतमा निर्माण हुन लागेको सो पुलले धरान १६ देखी २४ वडा हुदै बिष्ण्ुा पादुका मंदिर ,सुलिकोट,बराह्क्षेत्र लगायतका जनाताले लाभ लिने र आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको झोल्ङे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्फर तामाङले जानकारी दिनुभएको छ ।
पुलको शिलन्यास पश्चात् सभासद परियारले सो पुलको निर्माणवाट जनतालाई सहजता हुनुका साथै आर्थिक जिवनस्तर उठाउन मद्दत पुग्ने वताउनुभएको छ । उहाँले निर्धा्रित समयभन्दा अगावै पुल निर्माणको काम सम्पन्न गर्न सम्वन्धित पक्षलाई आग्रह पनि गर्नुभयो ।
यसैगरी परियारले धरानमा स्थापना हुदै गरेको र भएका भौतिक समरचनाहरुमा आफुले सक्दो सहयोग गर्नै वताउनु भएको थियो ।