एजेन्सी माघ २२ । ईरान समेत सात मुस्लिम देशका नागरिकमाथि भिसा प्रतिवन्ध लगाएको अमेरीका विरुद्ध जवाफ दिदै ईरानले पनि अमेरीकी कुस्ती खेलाडीको टोलीलाई भिसा नदिने घोषणा गरेको छ ।
यसै महिना ईरानमा हुने कुस्तीको फ्रिस्टाई विस्वकपमा भाग लिने अमेरीकी खेलाडीहरुलाई भिसा नदिने ईरानको विदेश मन्त्रालयले जनाएको छ ।
अमेरीकी टिमले यो खेलमा सन् १९७९ को क्रान्ति पछि १५ पटक भाग लिएको थियो । खेल १६ र १७ फेब्रुअरीमा हुदै छ ।
ट्रम्प प्रशासनले ७ मुस्लिम देश विरुद्ध प्रतिवन्ध लगाएको विरोधमा ईरानले यो कदम उठाएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline