काठमान्डौ, माघ २१।
विभागीय टोली नेपाल आर्मीलाई पराजित गर्दै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
विर्तामोडस्थित डोमालाल रंगाशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो ।
खेलमा मनाङका लागि विमल रानाले गरेको गोल नै निर्णायक बन्या । प्रतियोगिताको उपाधिका लागि मनाङले अब आयोजक झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
झापा हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनलमा पुगिसकेको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline