तीनै तहको निर्वाचन निर्धारित समयभित्रै गर्न सरकार प्रतिवद्ध छ : मन्त्री पाण्डे

तीनै तहको निर्वाचन निर्धारित समयभित्रै गर्न सरकार प्रतिवद्ध छ : मन्त्री पाण्डे

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २२ माघ ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले निर्धारित समयभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र गोरखा हंसपुर गाउँ पार्टीको तस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि भएपनि तोकिएकै समयमा निर्वाचन गराउने दायित्वलाई सरकारले पुरा गर्ने बताउनु भयो ।

सरकार आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको जानकारी गराउदै उहाँले निर्वाचन सम्बन्धी विधेयक व्यवस्थापिका संसदले पारित गरिसकेकाले अब छिट्टै निर्वाचनको घोषणा हुने धारणा राख्नुभयो ।

संविधानको सर्वस्वीकार्यता बढाउन सरकारले संविधान संशोधन विधेयक अघि बढाएको चर्चा गर्दै उहाँले संविधान संशोधन विधेयक परिमार्जन गरेर भएपनि पारित भएरै छाड्ने जिकिर गर्नुभयो ।

मन्त्री पाण्डे भूकम्पपीडितलाई राहत वितरण र पुनः निर्माणको कामलाई सरकारले तीब्रता दिन जुटेको भन्दै प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवालीले पीडितलाई राहत वितरण तथा पुनः निर्माण कार्यमा तीब्रता दिन नसकेकोले सरकारले उहालाई त्यो पदबाट हटाएको स्पष्ट पार्नुभयो ।

देशभरका गाविस सचिवको जायज मागलाई सम्बोधन गर्न सरकारले पहल सुरु गरिसकेको बताउँदै उहाँले गाविस सचिवहरुले तत्काल आन्दोलन फिर्ता लिई काममा नफर्किए कारबाही गर्ने चेतावनी दिनुभयो ।

मन्त्री पाण्डेले सङ्घीयता कार्यान्वयनको विकल्प नभएको बताउँदै संविधानको अनुसूचीमा लेखिएअनुसार अहिले सिंहदरबारबाट हुँदै आएको काम स्थानीयतहबाट हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ