मुलुकमा राजनैतिक र संवैधानिक सङ्कट आउने ओलीको चेतावनी

मुलुकमा राजनैतिक र संवैधानिक सङ्कट आउने ओलीको चेतावनी

सरकार निर्वाचन गराउने पक्षमा देखिएन

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

विराटनगर, २२ माघ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०७४ माघभित्र तिन वटै तहको निर्वाचन नभए मुलुकमा राजनैतिक र संवैधानिक सङ्कट आउने बताउनु भएको छ ।

प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बताउँदै सरकार निर्वाचन गराउने पक्षमा नदेखिएको आरोप लगाउनुभयो ।
मुलुकमा अनुकुल अवस्था रहेको समयमा पनि सरकारले निर्वाचन गराउन नसकेको उल्लेख गर्दै उहाँले एमालेले जसरी पनि निर्वाचन गराएरै छाड्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकमा नै रोजगारी सिर्जना गर्न नसक्दा प्राकृतिक सम्पदा भएको देश नेपालका ४० लाख युवा रोजगारको खोजीका लागि मरुभूमिमा पुगेको चर्चा गर्नुभयो ।

मुलुकलाई समृद्धिमा ल्याउनका लागि पूर्वाधारको विकास, सञ्चार, कृषिको आधुनिकीकरण, व्यवसायीकरण, कृषिमा आधारित घरेलु उद्योग र पर्यटन क्षेत्रको विकासका लागी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै उहाले मुलुकमा प्रजातन्त्र स्थापना भएपछि सञ्चार क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गर्दै पत्रकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र मर्या्दित हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली समाजको उन्नतिका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेपालमा दुईखाले पत्रकारी रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सूचना, शिक्षा, मनोरञ्जनसँग जोडिएर जनताको सेवा गर्ने, सचेत गराउने, भ्रमबाट जोगाउने र निष्ठावान पत्रकारिता छ भने अर्को भूmठो खबर, भ्रम फैलाउने, राम्रोलाई नराम्रो भन्ने र अन्यौल सिर्जना गर्ने, मनोरञ्जनको ठाउँमा पीडा दिने किसिमको छ ।

अध्यक्ष ओलीले पत्रकारले देश जनताप्रति निष्ठावान भएर पत्रकारिता गर्नुपर्ने बताउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिलाई ध्यानमा राखेर पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ