प्रचण्ड उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासमा चित्रित हुनेछन् : नेपाल

प्रचण्ड उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासमा चित्रित हुनेछन् : नेपाल

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २२ माघ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिनुभएको छ ।

प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले अरुलाई दोष देखाएर निर्वाचनबाट टाडा भाग्न खोजे वर्तमान सरकार परिवर्तनका उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासले चित्रित हुने बताउनु भयो ।उहाले भन्नुभयो , यो दल मानेन ,अर्कोले बिरोध गर्यो भन्दै निर्वाचन टारे प्रचण्ड उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासमा चित्रित हुनेछन् ।

आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने गरी राष्ट्रिय दायित्वलाई पूरा गर्न राष्ट्रिय एकताको नयाँ माहोल सिर्जना गर्नुपर्नेमा उहाँको जोड छ ।

यस्तै एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकलाई विखण्डन गर्न खोज्ने र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृत्तिको अन्त्यका लागि आफ्नो पार्टीले आगामी फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको उल्लेख गर्नुभयो ।

उहाँले पेसागत र साझा संस्थाको मर्यादा र गरिमालाई उँचो राख्न पार्टी सदैव तत्पर रहेको स्पष्ट गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले परिवर्तित सन्दर्भमा पार्टी र सङ्गठनले आफ्नो भूमिकालाई बदलेर व्यावसायिक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक परिवर्तन र लोकतन्त्रतका लागि नेपाली मिडियाले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेको उल्लेख गर्दै परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न पनि मिडियाले उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ