कमरेडहरु जंगलतिर नसोच्नुस् शहरमा युद्ध हुन्छः विप्लव ( भिडियो सहित )

कमरेडहरु जंगलतिर नसोच्नुस् शहरमा युद्ध हुन्छः विप्लव ( भिडियो सहित )

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

माघ २२,काठमाण्डौं ।
नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टी कार्यकर्ताहरुलाई जंगलतिर नसोच्न आग्रह गर्दे काठमाण्डौं र ७५ जिल्लाका शहरहरुमा लडाई हुने बताउनु भएको छ ।

जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वयन समितिको दोस्रो राष्ट्रिय भेलाको पुरानो वानेश्वर काठमाण्डौंमा उद्घाटन गर्दै उहाले जनतालाई क्रान्तिबाट अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको भन्दै जनता, राष्ट्रिय उद्योगी व्यवशायी, देशभक्त र प्रगतिशिल शक्तिको नेतृत्व गर्दै पार्टीले क्रान्ति ७५ जिल्लामा एकसाथ गर्ने बताउनु भयो ।

भारतले नेपालको हातखुट्टा बाध्दै घेरा हाल्दै आएको भन्दै अंगीकृत नागरिकता दिलाउन दवाव दिनुको कारण पनि नेपालको सत्तामा आफ्नो प्रभाव जमाउने उदेश्य रहेको विप्लवले बताउनु भयो ।

उहाले नेपालको नदीनाला , प्राकृतिक स्रोतमा कब्जा गर्न नेपालका राजनीतिक दलालहरुलाई प्रयोग गरीरहेको भन्दै दलाल सत्ताको अन्त्य नभए सम्म राष्ट्रिय स्वाधीनता प्राप्त नहुने बताउनु भयो ।

आफूहरुको क्रान्तिमा अन्ततः नेपाली सेना र प्रहरीले पनि साथ दिने दावी गर्दै विप्लवले देश बचाउने र बनाउने बेला हामी सगैं भएर लड्ने छौ भन्नु भयो ।

भिडियो हेर्नुहोस् । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ