अपहरण मुद्दाका आरोपित मियाँ छ बर्षपछि पक्राउ

अपहरण मुद्दाका आरोपित मियाँ छ बर्षपछि पक्राउ

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

राजविराज, २२ माघ ।
अपहरण तथा शरीर बन्धकको आरोपित फरार सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ छ बर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा मियाँलाई सप्तरीको वनैनियाँबाट पक्राउ गरेको हो ।

प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।

मियाँमाथि सप्तरीको ब्रह्मपुर गाविस– ७ का औषधि पसल सञ्चालक पुनित चौधरीलाई पसल बन्द गरेर घर फर्किने क्रममा २०६७ साल माघ १३ गते राति अपहरण गरेको आरोप छ ।

अपहरणपछि चौधरीका काका जयशङ्कर चौधरीले जिल्ला प्रहरी कार्यालयमा मियाँसहित अपहरण गर्ने पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

पक्राउ परेका मियाँ विरुद्ध अनुसन्धान कार्य भइरेहेको र फरार अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी उपरीक्षक लोहनीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ