राम्रो काम गर्नेलाई पुरस्कार र गल्ती गर्नेलाई दण्डित गर्ने छौं: उर्जा मन्त्री

राम्रो काम गर्नेलाई पुरस्कार र गल्ती गर्नेलाई दण्डित गर्ने छौं: उर्जा मन्त्री

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

पाँचथर, २२ माघ । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल अभियानमा सहयोग गर्न सर्वसाधारणमा अपील गर्नु भएको छ ।

सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले मन्त्रालयले सञ्चालन गरेको उज्यालो नेपाल अभियानलाई सबै क्षेत्रबाट सहयोग गर्न आह्वान गर्नु भएको हो ।

मन्त्री शर्माले अब काम गर्ने कर्मचारीलाई प्रशंसा र गल्ती गर्नेलाई दण्ड गर्दै जाने पनि स्पष्ट गर्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले सरकार निर्वाचनमा लागिपरेकाले जसरी पनि चाँडै स्थानीय तहको निर्वाचन हुने बताउँदै निर्वाचन आयोग समेत तयारीका लागि जुटिसकेकाले चाँडै मिति घोषणा गरिने बताउनु भयो ।

काबेली कोरिडोर क्षेत्रको निरीक्षणमा जानु भएका मन्त्री शर्माका साथमा ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसमेत सहभागी हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ