काठमाडौं, माघ २२ ।
नेपाल टेलिकमले आजदेखि कल रिङ ब्याक टोन (सिआरबिटी) सेवा फेरि सुरु गरेको छ । केही समयअघिदेखि बन्द सेवा वाषर््िकउत्सवको अवसर पारेर आजदेखि फेरि दिन लागेको टेलिकमले जनाएको छ ।
सिआरबिटी सेवा लिएपछि आफूले मन परेको गीत सेट गर्न सकिन्छ । त्यसपछि फोन गर्नेले त्यो गीत सुन्न सक्छ । त्यसबापत निश्चित रकम ब्यालेन्सबाट काटिन्छ ।
त्यो रकममध्येको केही प्रतिशत गीतका सर्जकलाई उपलब्ध गराउने गरिन्छ । १३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्राहकलाई केही नयाँ अफर घोषणा गर्ने तयारी पनि गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline