झापा गोल्डकपमा आज मनाङ र आर्मी भिड्ने

झापा गोल्डकपमा आज मनाङ र आर्मी भिड्ने

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमान्डौ, माघ २२।

दोश्रो रमपम झापा गोल्डकपको दोस्रो तथा अन्तिम सेमिफाईनलमा आज लक्ष्मि हुन्डाई मनाङ मस्र्यादी र विभागिय टिम आर्मिबीच प्रतिस्पर्धा हुदैछ ।

यी दुई टोलीबीचको खेल विर्तामोडको डोमालाल रंगशालामा दिउसो साढे दुई बजेपछि सुरु हुनेछ ।

मनाङले न्युरोड टिम एनआरटिलाई पराजित गरि सेमिफाईनल यात्रा तय गरेको थियो भने आर्मीले रुपन्देहि ११ लाई पाखा लगाउर्दै मनाङसँगको भेट पक्का गरेको हो ।

सुदुरपश्चिमको खप्तड गोल्डकप र पोखराको आहा रारा गोल्डकप जितेको मनाङ आज उच्च मनोबलका साथ मैदान उत्रदैछ ।

यसै सिजनको हेडौड गोल्डकपमा मनाङलाई हराउदै उपाधि चुमेको आर्मीले पनि आजको खेल जितेर उपाधि नजिक पुग्ने लक्ष राखेको छ ।
आज मनाङलाई भने हेटौडा कपमा भोगेको पराजयको बदला लिने मौका समेत रहेको छ ।

आजको विजेताले उपाधिका लागि आयोजक झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ । झापा हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनलमा पुगिसकेको छ ।

उपाधिका लागी आजको विजेता टिमले आगामी माघ २४ गते झापा ११ सँग प्रतिस्पर्धा गर्ने छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी