दृष्टिविहीन विश्वकप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित

दृष्टिविहीन विश्वकप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २१ माघ । दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११६ रनको योगफल बनायो ।

जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सात दशमलव पाँच ओभरमा कुनै विकेट नै नगुमाई लक्ष्य भेट्टायो । नेपालका सुनिल रानामगरले ४०, रमेशबहादुर बाँनियाले १५ र लोकबहादुर थापाले १० रन जोड्नेबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।

यता पाकिस्तानका लागि भने रियासद खानले ५६ तथा मति उल्लाहले ५० रन जोडे । नेपालले यसअघि खेलेको तीन खेलमा एक खेलमा जित तथा बाँकी दुई खेलमा हार बेहोरेको थियो ।

नेपालले हिजो बिहीबार भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ६ विकेटको जित हासिल गरेको थियो भने बुधबार बङ्गलादेशसँग ५९ रनले तथा मङ्गलबार अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो ।

नेपालले भोलि शनिबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी