असहमती हल गर्दै निर्वाचनको तयारीमा जान प्रधानमन्त्रीको मोर्चालाई आग्रह

असहमती हल गर्दै निर्वाचनको तयारीमा जान प्रधानमन्त्रीको मोर्चालाई आग्रह

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, २१ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन गराउने कार्यलाई एकैसाथ अघि बढाउने योजनामा रहेको भन्दै सहयोग गर्न पुनः आग्रह गर्नुभएको छ ।

स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनमा मधेशी मोर्चाका चासो र सरोकारलाई सम्बोधन गर्न प्रयत्न गर्ने भन्दै प्रधानमन्त्री दाहालले सरकारको कामलाई सहयोग गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदमा दर्ता भएको संविधान संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गराउन पहल गर्ने समझदारी पनि नेताहरुले बताएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनिसकेका सन्दर्भमा स्थानीय निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेसँगै मोर्चाका नेताहरुको असन्तुष्टि सार्वजनिक भएपछि प्रधानमन्त्रीले उहाँहरुलाई आज साँझ छलफलमा आमन्त्रण गर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले आयोगलाई तयारी गर्न सामान्य निर्देशन मात्र दिइएको र निर्वाचनको मिति घोषणा नभएको तथा संविधान संशोधनमा मोर्चाको माग सम्बोधन गर्न सरकार लागिरहेको भनी आश्वस्त पार्नुभएको जानकारी दिनुभयो । “संशोधन विधेयक पारित गर्न कसरी लाग्ने र आगामी जेठभित्र स्थानीय तहको निर्वाचन कसरी गर्ने भन्नेमा छलफल केन्द्रित भयो । चुनाव गराउन उत्पन्न गाँठाहरु फुकाउँदै जान प्रधानमन्त्रीको जोड थियो”,खनालले भन्नुभयो ।

छलफलमा सहभागी सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष अशोककुमार राईले परिमार्जनसहित संशोधन विधेयक पारित नभएसम्म निर्वाचनमा जान आफूहरु तयार नरहेको र त्यस्तो अवस्थामा आन्दोलन गर्न बाध्य हुने पुनःस्पष्ट पारिएको बताउनुभयो ।

मोर्चाले प्रदेशको विद्यमान सीमाङ्कनसहितको संविधान संशोधनपछि मात्र निर्वाचनमा जान दबाब दिँदै आएको छ । संविधानतः आगामी २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता सरकारलाई छ । सरकारले स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको मापदण्ड र उसको प्रतिवेदनमाथि प्राप्त गुनासा (मुख्य गरी प्रदेश नं २) का सम्बन्धमा अध्ययन गरी दुई साताभित्र सुझाव दिन मन्त्रिस्तरीय कार्यदल गठन गरेको विषयमा पनि मोर्चालाई जानकारी गराइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ